५ केजी चाँदीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सिरहा प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ५ केजी चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्ला बरहमपुरा वडा नं ३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

बिहीबार मध्यान्ह ३ बजेको समयमा भगवानपुर गाउँपालिका ४ ठाडी बस पार्क स्थितमा प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्री साह साहलाई चेकजाचँ गर्दा उनको नाइटोभन्दा मुनि कमरमा बाँधेको ५ केजी चाँदी जस्तो देखिने सेतो धातु फेला परेको हो।

बरामद भएको चाँदी ५ लाख मूल्य बराबरको रहेको र आवश्यक कारवाहीका लागि ठाडी भन्सार कार्यालय, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।