ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन्। ट्रमा सेन्टरका निर्देशक डा। सन्तोष पौडेलका अनुसार ५ जना डाक्टर, ८ जना नर्स, ४ जना ल्याब कर्मचारी, १ जना पारामेडिक्स, सरसफाइ कर्मचारी ८ जना र बाँकी प्रशासन कार्यालयका सहयोगी गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कीर्तिपुर आयुर्वेद केन्द्र, टेकु अस्पतालमा उपचाररत छन्। साथैै संक्रमितको सम्पर्कमा आएका झण्डै ७० जना अरु स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा छन्। ट्रमा सेन्टरमा आकस्मिक घटनाका घाइते आउने भएकाले उपचार गर्ने डाक्टर, नर्स र स्वयं बिरामीलाई पनि धेरै समस्या परेको डा. पौडेलले बताए।

पछिल्लो समय वीर अस्पताललाई कोभिड अस्प्ताल बनाएपछि वीरमा आउने बिरामीलाई ट्रमा सेन्टरमा उपचार गरिएको छ।