कोकाकोलाको प्याक्ट्रीमा भेटियो ढुसी परेको कोकाकोला, महानगर अनुगमन गर्न जाँदै

काठमाडौं । काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको कोकाकोला प्याक्ट्रीमा ढुसी परेको कोकाकोला भेटिएको भन्ने खबर प्राप्त भएपछि काठमाडौं महानगरपालिकाको टोलीले अनुगमन गर्दैछ ।

महानगरको गुणस्तरपरीक्षण विभागको टोली कोकाकोलाको प्याक्ट्रीमा अनुगमन गर्न गएको हो । ढुसी परेको कोकाकोला भेटिएपछि महानगरले अनुगमन गर्न लागेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘बजारबाट अखाद्य बस्तु मिसिएको कोकाकोला फेला परेपछि अनुगमनमा टोली गइसकेको छ । के रहेछ हामी बुझछौं । ’ उनले भने । महानगरको टोलीलाई गुनासो आएपछि खाद्य परीक्षणको टोली अनुगमनमा पठाएको हो ।