काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सोमबार रमाइलो दृश्य देखियो । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र ट्रिनबागो नाइट राइडर्सबीच भएको खेलमा अम्पायरले रातो कार्ड देखाएका छन् र सुनिल नारिन मैदानबाट बाहिरिनु परेको छ ।
सीपीएलमा रातो कार्ड पहिलो पटक प्रयोग भएको हो । २० औँ ओभरको खेल सुरु हुनुअघि ट्रिनबागो नाइट राइडर्सले स्लो ओभर बलिङ गरेको देखिएपछि अम्पायरले कप्तान कायरन पोलार्डलाई रातो कार्ड देखाएका थिए । त्यसपछि पोलार्डले फिल्डिङ गरिरहेका एक खेलाडीलाई बाहिर निकाल्नु पर्ने अवस्था बन्यो ।
त्यसपछि पोलार्डले नारिनलाई निकालेका थिए। नारीनले चार ओभरमा २४ रन खर्चिएर ३ विकेट हात पारेका थिए ।
१७९ रनको लक्ष्य पाएको ट्रिनबागोले १७ बल बाँकी रहँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । सीपीएलमा यसै सिजनदेखि रातो कार्डलाई प्रयोगमा ल्याइएको हो ।
SENT OFF! The 1st ever red card in CPL history. Sunil Narine gets his marching orders 🚨 #CPL23 #SKNPvTKR #RedCard #CricketPlayedLouder #BiggestPartyInSport pic.twitter.com/YU1NqdOgEX
— CPL T20 (@CPL) August 28, 2023
Add Comment