आज पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन ।

आइतबार छापावाला सुन१ लाख ११ हजार १०० रुपैयाँमाकिनबेच भएको थियो । आजपनि सोही मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार यो साता सुनको भाउ लगातार चार दिनसम्म स्थिर नै रहेको छ । गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि भने मूल्यमा घटबढ भएको छैन । तर, चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।