ललिता निवास प्रकरण : प्रतिवादीहरुको बयान न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएकाहरुको बयान सुरु भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार कीर्ते अभियोगमा मुद्दा दायर गरेसँग पक्राउ परेका प्रतिवादीहरुको बयान सुरु भएको हो।

काठमाडौँ जिल्ला अदालत प्रशासनका अनुसार न्यायायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १७ जना प्रतिवादीहरुको बयान थालिएको हो।

सरकारी वकिल कार्यालयले २८९ जना जीवित र मृत्युभएका २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। जसमध्ये १७ जनालाई मात्रै पक्राउ गरेर बाँकीलाई फरारको सूचीमा राखिएको छ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाउमा पुर्याएको अभियोग सिआइवी गरेको छानबिनक आधारमा मुद्दा दायर गरिएको हो। अख्तियारले पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।