सारुकको आत्महत्या प्रकरणमा नायिका नम्रता श्रेष्ठले के भनिन् ?

काठमाडौं । नायिका नम्रता श्रेष्ठले कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा केही मिडियाकर्मी, केही सिनेकर्मीलगायतले एकलौटी रूपमा कपोलकल्पित समाचारहरू आएको गुनासो गरेकी छन् ।

सारुकको मृत्युले सम्पूर्ण चलचित्र क्षेत्र दुःखी भएको भन्दै श्रेष्ठले सारुकलाई श्रद्धाञ्जली समेत दिएकी छन् । ‘चलचित्र माया छायङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ,’ श्रेष्ठले सोमबार फेसबुकमा लेखेकी छन् ।

सारुकको मृत्यु भएको केही दिनपछि आफू बोल्न बाध्य भएको उल्लेख गर्दै श्रेष्ठले मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर आफू चुप बसेको उनको भनाइ छ ।

‘यो घटना केही दिनपहिले घटेको हो, तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ,’ श्रेष्ठले लेखेकी छन्, ‘थुप्रै मिडयाहरूबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परीवारले नै ह्यान्डल गर्नुहुन्छ । तर मिडया मा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन ।’