गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ८ जनाको उद्धार, गाडीभित्र च्यापिएका केहिलाई निकाल्ने प्रयास जारी

काठमाडौं । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ ।

गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोमा परि थिचिएको हो ।

जीपमा सवारमध्ये पाँच जना घाइते भएका छन् ।

पहिरोमा च्यापिएका तीन जनालाई बाहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भइरहेको स्थानीयको भनाइ छ ।

जीपमा सवारमध्ये ८ जनाको उद्धार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गाडीभित्र अझै २/३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

जेसीबी बोलाइ सकेको र जेसीबीले पहिरो हटाएर उनीहरूको उद्धार गरिने प्रहरीले जनाएको छ ।