एसिया कप सुरु हुनुु अघि मुल्तान स्टेडियममा अभ्यास गर्दै नेपाली टिम (तस्बिरहरु)

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलका लागि नेपाली टिम पाकिस्तानको मुल्तान पुगिसकेको छ । मुल्तान क्रिकेट स्टेडियममा आज दिउँसो सवा तीन बजे नेपाल र पाकिस्तानबीच खेल सुरु हुँदै छ ।

खेलअघि नेपाली टिमले अभ्यास गरिरहेको तस्वीर नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ । नेपाली टिम आइतबारै मुल्तान पुगिसकेको थियो । मुल्तानमा नेपाली टिमले अभ्यास गरिरहेको तस्वीरमा देखिन्छ ।