अरिङ्गालले टोक्दा एक युवकको मृत्यु

काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर–९ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ छन् ।

अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले  बताए ।

भदौ १२ मा साँझ अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् ।