स्वास्थ्य सेवा विभागको महानिर्देशकमा मिश्रा नियुक्त

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डाक्टर संगिता मिश्रा नियुक्त भएकी छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिव हुन् ।

यसैबीच विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।