औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरू नियुक्त

काठमाडौं । सरकारले औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गरेको छ ।

१२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पनेरूलाई लिमिटेडको अध्यक्ष नियुक्त गरेको हो । पनेरू डंडेलधुरका हुन् ।

महाप्रबन्धक पदका लागि ९ जनाले आवेदन दिएका थिए । जसमध्ये कार्ययोजना प्रस्तुतीकरण र योग्यताका आधारमा इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरू र डा। राजकुमार थापा मध्ये अन्तिम तीनमा परेका थिए । तीमध्ये एकलाई महाप्रबन्धक नियुक्त गर्न उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो ।