आज र भोलि उपत्यकाका यी सडक बन्द हुने

काठमाडौं । काठमाडौं महानगरभित्रका केही सडकहरूमा सवारी आवागमन बन्द गरिएको छ ।

महानगरले बिहीबार र शुक्रवार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको हो ।

महानगरका अनुसार बिहीबार गाईजात्रा र शुक्रवार गुँलागा दुतिया पर्व मनाउने भएकाले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश रोक लगाइएको हो ।