भोजपुर केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ : ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो।पछिल्लो समय नेपालका पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्र मानिन्छ।