बहराइनविरुद्ध टस हारेको नेपाल बलिङमा

काठमाडौं । आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ।

मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जितको लक्ष्यसहित बहराइनविरुद्ध मैदान उत्रिँदैछ।

नेपालभन्दा बहराइन तुलनात्मकरुपमा कमजोर टिम हो। आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। समूह एमा रहेको नेपालले आइतबार भुटान र सोमबार कतराविरुद्ध खेल्नेछ। यस्तै आगामी बुधबार युएईसँग खेल्ने छ।

११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्।