बहराइनविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ८ रन दिँदा लियो ३ विकेट

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत बहराइनविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता अप्सरी बेगमले दिलाइन् । उनले उत्कृष्ट फिल्डिङ गर्दै अबिरा वारिसलाई शून्यमै रनआउट गरिन् ।

नेपाललाई दोस्रो सफलता तीव्र गतिकी बलर कविता कुँवरले दिलाइन् । उनले थरंगा गजनायकेलाई ४ रनमा बोल्ड गरिन् ।

त्यसअघि नेपाललाई पहिलो सफलता पूजा महतोले दिलाइन् । उनले रसिका रोड्रिगोलाई शून्यमै एल्बीडब्लू धरापमा पारिन् । टस जितेर ब्याटिङ रोजेको बहराइनले यो समाचार तयार पार्दासम्म ४ ओभरमा ३ विकेट गुमाएर ८ रन बनाएको छ ।

नेपाल र बहराइनबीचको खेल मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा भइरहेको हो । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।