पछिल्लो डेढ महिनामा डेढ खर्बले घट्यो निक्षेप

काठमाडौं । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँले घटेर ५६ खर्ब २० अर्ब भएको छ । साउन र भदौ १४ गतेसम्मको तथ्यांकले निक्षेप घट्दै गएको देखाउँछ । यता कर्जा प्रवाह पनि हुन सकेको देखिदैन ।

गत असार मसान्तसम्म ४८ खर्ब ७८ अर्ब कर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । त्यसपछिको डेढ महिनामा पनि कर्जा लगानी विस्तार हुन सकेको देखिदैन । यो अवधिमा कर्जा लगानी १ अर्बले घटेको छ ।

अहिले बाणिज्य बैंक ९क वर्गको० हरुको मात्र ४९ खर्ब ४७ अर्ब निक्षेप छ भने अन्य बैंक तथा वित्तिय संस्थाको ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । यस्तै बाणिज्य बैंकहरुको मात्र ४३ खर्ब १६ अर्ब कर्जा लगानीमा छ भने अन्य बैंक तथा वित्तिय संस्थाको ५ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ ।