काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् । शनिवार राती ९ः२० बजे सामाजिक सञ्जाल फेसवुक पेज मार्फत उनले सो चेतावनी दिएका हुन् । बालेनले दिएको यो चेतावनी अहिलेसम्मकै उत्तेजित अभिव्यक्ति भएको देखिएको छ । उनले किन सिंहदरबारमा आगो लगाउने चेतावनी दिए भन्ने कुरा भने खुलाएका छैनन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, आजको लागि केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
स्थानीय सरकारका प्रमुख समेत रहेका बालेनले संघीय सरकारलाई चोर सरकार भनेर अभिव्यक्ति दिनुले संघीय सरकारले स्थानीय सरकारलाई पेलेको हुने सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । शनिबार महानगरपालिकाको सवारी सुरक्षा निकायको ट्राफिक प्रहरीले रोकेकाले सो अभिव्यक्ति महानगर प्रमुख बालेनले दिएको हुन सक्ने अनुमान गरिएको छ ।
Add Comment