नाट्यकर्मी महासंघले पायो नयाँ नेतृत्व संस्थापक अध्यक्ष भण्डारी सम्मानित

काठमाडौं । मुलुकभर रहेका रङ्गकर्मीहरुको पेशागत संगठन नाट्यकर्मी महासंघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा सम्पन्न दोश्रो महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा ११ सदस्यीय केन्दिय कमिटी निर्वाचित भएको छ ।

२०६५ साल श्रावणमा दर्ता भएको नाट्यकर्मीहरुको महासंघ भूकम्प, कोभिड लगायत जस्ता समस्याले राष्ट्रिय अधिवशेन हुन सकेको थिएन । शनिबार आयोजित महाधिवेशन कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले कला संस्कृति र सम्पदा जोगाउनका लागि नीति तथा कार्यक्रम मार्फत नै सम्वोधन गरेको बताईन् ।

उनले नेपाली नाट्य क्षेत्रले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महानगरपालिकाले नाट्यकर्मीहरु लक्षित गरेर नै विभिन्न योजना ल्याएको खुलासा गरेकी छिन् । प्रमुख अतिथि डंगोलले महासंघका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीलाई सम्मानित समेत गरेकी छिन् ।

कार्यक्रममा संस्थापन अध्यक्ष भण्डारीले नेपाली रङ्गकर्मीहरुलाई राज्यले सम्वोधन र पहिचान नदिएकाले २०६५ सालमा महासंघ स्थापना गरी देशभरी रहेका नाट्यकर्मीहरुको हक हित र सुरक्षाका लागि महासंघको स्थापना गरिएको बताए ।

दौश्रो अधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जेवी डिसी, सचिवमा दीपक निरौला, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यहरुमा पुरु लम्साल, दिपक आचार्य, राम के.ए.सी, पुष्पराज अवस्थी र शुसिला लक्ष्मी महर्जनलाई चयन गरेको छ ।