प्रेमिकालाई ज्यान मार्ने धम्की दिएको आरोपपछि एन्टोनी ब्राजिलको टिमबाट हटाइयो

काठमाडौँ । ब्राजिलले म्यानचेस्टर युनाइटेडबाट खेल्ने विंगर एन्टोनीलाई टिमबाट हटाईएको छ । एन्टोनीमाथि पूर्व प्रेमिकाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएपछि ब्राजिलले राष्ट्रिय टिमबाट हटाइएको हो ।

ब्राजिल फुटबल फेडेरेसनले एन्टोनीमाथि लागेको आरोपमा छानबिन हुनुपर्ने निष्कर्षसहित उनलाई टिमबाट हटाइएको जानकारी दिएको छ । २३ वर्षीय एन्टोनीकी पूर्व प्रेमिका गाबेरिएला काभालिनले २०२२ को जुनदेखि २०२३ को मे’सम्म आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएकी छन् । गर्भवती भएको बेला आफूमाथि आक्रमणसमेत गरेको आरोप लगाएकी हुन् ।

एन्टोनीले भने आफूमाथि लागेको आरोप झुटो भएको बताएका छन् । उनले प्रहरीमा आफूले बयान दिइसकेको र छानबिन सकिँदा निर्दोष हुने प्रतिक्रिया दिएका छन् ।