वडा अध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, मेयर बालेनले ओढाए झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ ।

उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो ।

त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ ।

उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।

रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो ।