माछा बोकेको गाडी जलबीरेमा दुर्घटना, चालक घाइते

काठमाडौं । मुग्लिन(नारायणगढ सडक खण्डमा माछा बोकेको टाटा गाडी पल्टिएको छ ।

आज बिहान इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।