लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको पच्चिस औँ बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्नेछन्।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

उक्त विधेयकमा सभामुखले प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।