निजामती सेवा पुरस्कार पाउने ४० जना कर्मचारी (सूचीसहित)

काठमाडौं । सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई आज पुरस्कृत गर्दैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसको अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

१० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइन लागेको हो । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

यी हुन् पुरस्कारका लागि छनोटमा परेका कर्मचारी :