प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे सर्वदलीय बैठक जारी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा जाने तय भएको छ।

चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत उपस्थित छन्।