फुटबल खेलमा जापानद्धारा जर्मनी पराजित

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जापानले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा जापानले जर्मनीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा जुनया इटो, अयास उएडा, टाकुमा असानो र आओ टनाकाले एक एक गोल गरेका थिए । त्यस्तै जर्मनीका लागि एक गोल लिरोय सानेले गरेका थिए ।

अब जापानले अर्को खेल सेप्टेम्बर १२ मा टर्कीविरुद्ध खेल्दै छ भने जर्मनीले सेप्टेम्बर १३ मा फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्ने छ