काठमाडौं । बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक साढे २ घन्टापछि खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो।
सडक डिभिजन कार्यालय सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको जानकारी दिए।
Add Comment