मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

सोमबार राति अमरगढी नगरपालिका-१ स्याउलेमा रहेको लिसा कम्पनी नजिकै भीमदत्त राजमार्गमा से ५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

सो दुर्घटनामा बैतडीको पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए।

स्याउलेबाट बागबजारतर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्ट बनाउन खनेको खाल्डोमा परेको थियो।

पन्तको घटनास्थलमा नै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।