नेम्वाङका जेठा छोरा पनि काठमाडौं आइपुगे

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि काठमाडौं पुगेका छन् ।

युकेमा रहेका उनी बुबाको निधनपछि काठमाडौं आएका हुन् । अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ नेम्वाङ पनि काठमाडौं पुगिसकेका छन् ।

दुवै छोराहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

भोलि (बिहीबार) नेम्वाङको अन्त्येष्टि गरिने छ । सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।