पुलमुनि फोहोर फाल्ने १९ जनालाई महानगरले तिरायो ५० हजार जरिमाना

काठमाडौं । काठमाडौं महानगरले रातीको समय पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिमाना तिराएको छ।

महानगरले वडा–३२ स्थित बालकुमारीमा रहेको अकासे पुलमुनि रातीको समय फोहोर फाल्ने १९ जनालाई नियन्त्रणमा लिएर ५० हजार ५ सय रुपैयाँ जरिमाना असुलेको हो।

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राती सो क्षेत्रमा छड्के अनुगमन गर्दा फोहोर फालिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिएर जरिमाना तिराएर छाडेको हो।