६० वटा सहकारी संस्था खारेज गर्दै कोशी प्रदेश

काठमाडौं । कोशीले प्रदेशमा निष्क्रिय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया अगाडी बढाएको छ ।

प्रदेश सहकारी कार्यालय, कोशीले एक सूचना जारी गर्दै २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्रक्रियामा लैजाने बताएको छ ।

३५ दिने सूचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार प्रदेशका ६० वटा सहकारी संस्थालाई ३५ दिन भित्र खारेजी गर्न नपर्ने हो भने के कति कारणले नपर्ने भन्ने कारण खुलाई सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

३५ दिन भित्र सम्पर्क नगरेको खण्डमा कानुन अनुसार भइजाने सूचनामा जानकारी गराइएको छ ।

खारेजी सुचीमा परेका सहकारीहरूमा बचत तथा ऋण, सुपारी, जडीबुटी, कृषि, बहुउद्देश्यीय लगायत छन्।