एसिया कप : आजको सुपर फोरको खेलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत आज सुपर फोरको खेलमा पाकिस्तान र आयोजक श्रीलंकाबीच खेल हुँदैछ।

कोलम्बोमा सवा तीन बजे सुरु हुने खेल सेमिफाइनल जस्तै छ।

यसअघि दुवै टिमले सुपर फोरमा बंगलादेशलाई हराएका थिए। भारतसँग भने दुवै टिम पराजित भएका थिए। त्यसैले दुवै टिमको समान २-२ अंक छ।

पाकिस्तानका तीव्र गतिका बलर नशीम शाह खेलमा उपलब्ध हुने छैनन् भने अर्का बलर हरिस रउफ पनि खेल्नेमा शंका छ।

यता भारतविरूद्धको खेलमा उत्कृष्ट खेल देखाएका डुनिथ बेलालेजले आज पाकिस्तानविरुद्ध गर्ने प्रदर्शन चासोका साथ हेरिएको छ।

आजको खेलमा जित हात पार्ने टिम फइनल पुग्नेछ। फाइनल पुगे भारतसँग प्रतिस्पर्धा हुनेछ।

यसअघि भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।