सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ सुरु भयो शवयात्रा

काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ । बालुवारटारमै नेपाली सेनाको एक टुकडीले सलामी पनि दिएको छ ।

उनको पार्थिव शरीर बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने छ । नेम्वाङको निधनमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ ।