श्रमिकलाई कम तलब दिने ४ सय कम्पनीलाई मलेसियाले तिरायो जरिवाना

काठमाडौं । मलेसियाले श्रम कानुन उल्लंघन गरेको आरोपमा यस वर्ष हालसम्म ४ सय कम्पनीलाई कारबाही गरिसकेको छ ।

मलेसियाको मानव संशाधन मन्त्री भी शिवकुमारका अनुसार श्रमिकलाई सरकारले तोकेको भन्दा कम तलब दिने, अवैध ज्याला कटौती गर्ने, धेरै काम लगाउने र राहदानी जफत गरिदिनेजस्ता कार्य गर्ने कम्पनीलाई कारबाही गरिएको हो ।

सरकारले ती सयौँ कम्पनी र २ सय ७२ रोजगारदाता मालिकलाई कूल ४ लाख ६३ हजार रिंगेट जरिवाना गराइसकेको छ । पाम आयलदेखि मेडिकल ग्लोभ्स र सेमीकन्डक्टर चिप्ससम्म सबै उत्पादन गर्ने मलेसिया विश्वव्यापी आपूर्ति शृंखलाको प्रमुख स्थान हो ।

मलेसियाली कम्पनीले हालैका वर्षमा आप्रवासी कामदारविरुद्ध व्यापार दुर्व्यवहार गरेको भन्दै अमेरिकाबाट प्रतिबन्धको सामना गरेका छन् । मलेसियाले सन् २०३० सम्ममा यस्ता श्रम अपराध अन्त्य गर्ने लक्ष्य राखेको छ ।

अल जजिराको सहयोगमा