काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो।
जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनाम परेको आशंका गरिएको छ।
Add Comment