नेम्वाङका छोरा सुहाङले भने : पिताका बाँकी काम पूरा गर्न पार्टीले हामीलाई आत्मबल दिन्छ

काठमाडौं । हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका विष्णु पौडेलसहितका नेताहरूप्रति आभार प्रकट गरेका हुन्।

पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरे।

अधिवक्ता समेत रहेका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।

सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा समेत सहयोगी थिए । नेम्वाङका जेठो छोरा भने बेलायतमा बस्छन् । दुई छोरीमध्ये जेठी सुशाङ दन्त चिकित्सक र कान्छी सम्या विद्यार्थी हुन् ।