राहत शिक्षकको आन्दोलन जारी

काठमाडौं । शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलन गरेको शिक्षक महासंघसँग सरकारले सहमति गरे पनि सो सहमतिप्रति असन्तुष्ट देखिएका राहत शिक्षकले आन्दोलन जारी राखेका छन् ।

देशभरबाट काठमाडौं आएका राहत शिक्षकले आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

उनीहरूले सरकारले आफ्ना मागहरू पूरा नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् । राहत दरबन्दी अस्थायी दरबन्दी हो । सो दरबन्दीमा देशभर ४० हजार शिक्षक रहेको बताइएको छ ।