काठमाडौं महानगर र अभियन्ता ई: बीच वार्ता जारी

काठमाडौं ।अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता जारी छ ।

राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका ईः सँग महानगरपालिकाले वार्ता थालेको हो । वार्तामा महानगरका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा सहभागी छ ।

अभियन्ता ईःको तर्फबाट भने ईः कै नेतृत्वको टोली वार्तामा सहभागी छ । महानगरपालिकाका प्रवक्ता मानन्धरले ईः सँगको वार्ता सुरु भएको बताए ।