आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सुरु गर्यो वार्ता

काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता सुरु गरेको छ ।

चिकित्सकमाथि कुटपिटका घटना बढेको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता थालेका हुन् । वार्ता दिउँसो ३ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ ।

वार्तामा चिकित्सकहरूका तर्फबाट स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि सहभागी छन् । यसअघि चिकित्सकमाथि भएका कुटपिटका घटनाको विरोधमा मंगलबार चिकित्सकहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए ।