साफ यू-१९ : सेमिफाइनलमा आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज हुँदै छन् । आज हुने पहिलो सेमिफाइलमा भुटान र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् ।

यी दुई टिमबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पाकिस्तान समूह ‘ए’ विजेता तथा भुटान समूह ‘बी’ उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका थिए ।

यस्तै, आज हुने दोस्रो सेमिफाइनलमा आयोजक नेपालले भारतको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । नेपाल समूह ‘ए’ उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए ।

हालसम्म नेपाल र भारतले दुईरदुईपटक उमेर समूहको साफ उपाधि जितेका छन् । नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

जारी प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो । दोस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो ।

भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिबार हुनेछ ।