भौतिक पूर्वाधार मन्त्रीको वाचा : राजधानीको सडकका खाल्डाखुल्डी दशैंअगावै पुरिसक्छौं

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजधानीका मुख्य सडकको खाल्डाखुल्डी दशैंअगावै पुरिसक्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बुधवार बोल्दै मन्त्री आफ्नो मन्त्रालयअन्तर्गत पर्ने सडकको खाल्डाखुल्डी दशैंअगाडि नै पुर्ने बताएका हुन् ।

मन्त्री ज्वालालाई एक सांसदले सडकको दुरावस्थाबारे प्रश्न गरेका थिए ।

मंगलवार निर्माणाधीन संसद् भवनको स्थलगत निरीक्षण गरेको पूर्वाधार विकास समितिले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बोलाएर सडक तथा पूर्वाधारका विषयमा छलफल गरेको हो ।

समितिले आजै ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर, कालिमाटीमा निर्माण सम्पन्न भएर अलपत्र पुल लगायतको स्थलगत निरीक्षण गर्दैछ ।