प्रहरीको साइबर ब्युरोले भन्यो: सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ

काठमाडौं ।  नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।

प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्‌भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।