काठमाडौं जिल्ला खेलकुद समितिका खरिदार १५ हजार घुस लिँदा लिँदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति काठमाडौं जिल्ला समिति सानो गौचरण ज्ञानेश्वरमा कार्यरत खरिदार तिलक प्रसाद घिमिरेलाई १५ हजार घुस सहित पक्राउ गरेको छ ।

खरिदार घिमिरेले क्लवको प्रमाणपत्र नविकरण गर्नका लागि सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय परिसरबाटै घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

प्रवक्ता अधिकारीका अनुसार घुस सहित पक्राउ परेका घिमिरेमाथि थप अनुसन्धान भईरहेको छ ।