नेकपा बैधानिक रुपमा नै विभाजित, माघवकुमार नेपाल अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपाको नेतृत्वको सरकार हाँकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै नेकपा भित्र भाले भिडन्त शुरु भएको छ ।

सत्ताको स्वादमा पल्किएका नेताहरु एकले अर्कालाई हिलो छ्याप्ने कार्यमा व्यस्त देखिन्छन् । ओली प्रधानमन्त्री भएको केही समयपछि नै आफूलाई उग्र बनाउँदै पार्टीको हित विपरित कार्य गर्दै आईरहेको नेकपाका नेताहरुले आरोप लगाएका छन् ।

संसद विघटनसँगै ओलीका विपक्षमा रहेका नेकपा नेताहरुले ओलीलाई पार्टी अध्यक्षबाट निष्काशित गरी सर्वसम्मत रुपले वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा गठन गरेका छन् ।

आज बसेको स्थायी समितिका सदस्यहरुमध्ये ३ सय १५ जनाले ओलीलाई कार्वाही गर्ने पत्रमा हस्ताक्षर गरेका छन् भने ओलीका पक्षमा स्थायी समिति सदस्यहरु १ सय ३६ जना मात्र रहेका छन् ।

नेकपाका स्थायी समिति सदस्यहरु मध्ये ३ सय १५ जनाको सहमतिमा ओलीलाई पदबाट कार्वाही गर्दै अध्यक्ष पदमा नेपाललाई सर्व सम्मतले चुनिएपछि अव नेकपा वैधानिक रुपमा नै विभाजन भएको मान्न सकिन्छ ।