सिक्किममा अचानक आएको बाढीमा बेपत्ता २३ मध्ये एक सैनिक जवानको जीवितै उद्धार

काठमाडौं । भारतको सिक्किममा अचानक आएको बाढीले बगाएका २३ मध्ये एक भारतीय सैनिक जवानको जिवितै उद्धार गरिएको छ।

ल्होनक ताल फुटेर आएको बाढीमा सैनिक बेपत्ता भएका हुन्। बेपत्तामध्ये एक जनाको बुधबार बेलुका उद्धार गरिएको छ। बाँकी २२ जनाको खोजी जारी छ।

भारी वर्षाका कारण खोज अभियान प्रभावित भएको छ।