आज ११ अंकले घट्यो सेयर बजार

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९५६ अंकमा कायम भएको छ । कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

४८ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १२ को स्थिर रहृयो । बैंकिङ ५, विकास बैंक २८, फाइनान्स ९, होटल तथा पर्यटन ६१, जलविद्युत् १८, जीवन बीमा ६२, उत्पादन ४८, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ५२, अन्य ५ र ब्यापार उपसमूह ४ अंक घटे ।

बाराही हाइड्रोको मूल्य ९.३, इस्टर्न हाइड्रोको ८.२ तथा हिमालयन लघुवित्तको मूल्य ७.९ प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने मध्यभोटेकोशीको ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्त क्र मशः अगाडि रहे ।