करोडौं हिनामिना गरेको आरोपमा देउराली सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । बचत कर्ताको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्यक्ष रवीन्द्र चौलागाईलाई बिहीबार पक्राउ गरेको हो । ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको दाबी गर्दै ब्यूरोले पक्राउ गरेको हो ।

उनले आकर्षक ब्याज दिने भनेर प्रलोभन देखाएर मुद्दती र निक्षेप खातामा बचत गर्न लगाएका थिए ।

बचतको अवधि सकिएपछि सम्पूर्ण साँवा, ब्याज फिर्ता गर्ने भन्दै बचत गर्न लगाएका थिए । समय पूरा भएपछि पनि आफ्नो बचत फिर्ता नपाएपछि बचत कर्ताले प्रहरीमा उजुरी गरेका थिए ।