विश्वकप छनोटकाे तयारीमा नेपाल, १० दिन राजस्थान रोयल्समा प्रशिक्षण लिने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी टीट्वेन्टी विश्वकपको तयारीमा जुटेकाे छ । ३० अक्टाेबरदेखि टी-२० विश्वकपको एसिया क्षेत्रीय छनोट नेपालमै हुने तालिका छ । यसैकाे तयारीस्वरूप नेपाली खेलाडीले इन्डियन प्रिमियल लिग (आईपीएल) को टिम राजस्थान रोयल्सको एकेडेमीमा १० दिन ‘हाई पफर्मेन्स’ प्रशिक्षण लिने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।

तालिमका लागि नेपाली टिम आजै नागपुर गएकाे छ ।

विश्वकपको एसिया क्षेत्रीय छनोट जम्मा ८ टिमले खेल्नेछन् । यीमध्ये दुई टिम सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि छानिने छन् ।