भारतीय क्रिकेटर शुभमन गिललाई डेंगी, अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने

काठमाडौं । भारतीय राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेंगी संक्रमण भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार गिललाई उच्च ज्वरो आएको छ।

चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डेंगीको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ।

डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने देखिएको छ।

उनको ठाउँमा अर्का ओपनर इशान किशानले ब्याटिङ गर्ने मौका पाउने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।