लागू औषध खैरो हेरोईनसहित एक जना पक्राउ

काठमाडौं । धनगढीमा लागू औषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागू औषध खैरो हेरोईनसहित बिहीबार साँझ एक जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले धनगढी–५ का ३५ वर्षीय मुकेश कुँवरलाई ७१० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।